२. स्थानीय पूर्वाधारको परिभाषा
स्थानीय पूर्वाधार भन्नाले स्थानीय स्तरमा संचालन गरिने पूर्वाधार विकास निर्माण एवं सञ्चालन र मर्मत सम्वन्धी योजना, आयोजना, परियोजना तथा कार्यक्रमलाई जनाउँछ । यस अन्तर्गत निम्न क्षेत्रहरु समेटिएका छन ।
२.१ स्थानीय यातायात
स्थानीय यातायात अन्तर्गत स्थानीयस्तरमा जिल्ला एवं ग्रामीण÷कृषि सडक, शहरी सडक, हेलिप्याड, झोलुङ्गे पुल, जिल्ला एवं ग्रामीण सडकमा पर्ने पुल पुलेसा, कलभर्ट, गोरेटो घोडेटो, रज्जुमार्ग, तुइन, केवलकार र ¥याफ्टिङ सम्बन्धी कार्यक्रम पर्नेछन््् ।
२.२ सिंचाई तथा नदी नियन्त्रण
सिंचाई तथा नदी नियन्त्रण अन्तर्गत पहाडमा २५ हेक्टर र तराईमा २०० हेक्टर सम्मका सिंचाई आयोजना, भूमीगत जल आयोजना जस्तै स्यालो ट्यूववेल, रोअर पम्प, ट्रेडलर पम्प आदि र एउटै जिल्ला भित्रका नदी, खोला, खोल्साहरूको नदी नियन्त्रण सम्वन्धी कार्यक्रम पर्नेछन्् ।
२.३ लघु जल विद्युत तथा वैकल्पिक उर्जा
लघु जल विद्युत अन्तर्गत ५०० कि. वा. सम्मका जल विद्युत उत्पादन तथा वितरण र वैकल्पिक उर्जा सम्बन्धी सबै विकास कार्यक्रम पर्नेछन््््् ।
२.४ खानेपानी, ढल निकास तथा सरसफाई
खानेपानी, ढल निकास तथा सरसफाई अन्तर्गत स्थानीय स्तरमा सञ्चालन गरिने खानेपानी आयोजना, ढल निकास र व्यक्तिगत, घरायसी तथा सामुदायिक सरसफाई एवम् वाताबरणको सुधार सम्बन्धी कार्यक्रम पर्नेछन्् ।
२.५ आवास, भवन तथा शहरी विकास
आवास, भवन तथा शहरी विकास अन्तर्गत निम्न प्रकारका स्थानीय पूर्वाधारहरू पर्नेछन्
२.५.१ ग्रामीण वस्ति विकास कार्यक्रम अन्तर्गत छरिएका वस्तिहरूलाई झुण्डमा राख्ने कार्यक्रम;
२.५.२ नगरपालिका र नगरोन्मुख क्षेत्रमा भौतिक योजना सम्बन्धी सम्पूर्ण कार्य;
२.५.३ प्रकोप व्यवस्थापनको पूर्व तयारी ९एचभउबचभमलभकक० र भूकम्प, बाढी, पहिरो तथा आगलागी नियन्त्रणमा आबश्यक जनचेतना अभिबृद्धि गर्ने कार्यक्रमहरु ।
२.६ फोहर मैला व्यवस्थापन
नगरोन्मूख गाउँ विकास समिति र नगरपालिकाहरूको फोहर मैला संकलन, पृथक्किरण, ओसार पसार, कम्पोष्ट प्लाण्ट र सेनिटरी लेन्ड फिल साइट विकास तथा सञ्चालन सम्बन्धी कार्यक्रम यस अन्तर्गत पर्नेछन्् ।
२.७२.७ सामाजिक पूर्वाधार
सामाजिक पूर्वाधार अन्तर्गत स्थानीय क्षेत्रका सामुदायिक र सार्वजनिक भवन ( सरकारी कार्यालय, स्वास्थ्य, शिक्षा, सामुदायिक, मनोरञ्जन, पुरातात्विक, सांस्कृतिक, धार्मिक आदि) निर्माण, सञ्चालन एवम् मर्मत तथा सम्भार सम्बन्धी कार्यक्रम पर्नेछन्् ।